अन्तत पायो सीईडीबीले आईपीओ निष्कासन गर्ने स्वीकृती, कहिलेबाट साधारण सेयर ?

 

सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । 

कम्पनीले वैशाख २ गते २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकायबाट स्वीकृती पाएको हो ।कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विसं २०७४ असार २७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । 

निवेदन दिएको झण्डै ४ वर्ष अर्थात् ४५ महीनापछि कम्पनीले आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । विक्री प्रबन्धमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Blogger द्वारा संचालित.