फेरी अर्को इन्स्योरेन्स कम्पनीले पारित गर्यो १३ प्रतिसत लाभांश, हेर्नुस तपाइले कति पाउनु हुन्छ

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्तावित बोनस शेयर र नगद लाभांश पारित गरेको छ ।

 कम्पनीले असार २९ गते १२ औं वार्षिक साधारण सभा सम्पन्न गरि प्रस्तावित लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७४/ ७५ को मुनाफबाट १२ दशमलव ५ प्रतिशत बोनस शेयर र उक्त बोनस शेयरको कर प्रयोजनका लागि शून्य दशमलव ६१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

हाल कायम चुक्तापूँजी रू. २ अर्ब ७९ लाख ३९ हजारको आधारमा कम्पनीले लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश असार १८ गतेसम्म कायम रहेका शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले लाभांश प्रयोजकका लागि असार १९ गते बुक क्लोज गरेको थियो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १८ करोड ३० लाख खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीले रू. २ अर्ब २६ करोड ६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीमा ३ लाख ३४ हजार ६२४ बीमालेख कायम रहेको छ । गत वर्ष रू. ३४ करोड ८६ लाख कुल दाबी भुक्तानी गरेको प्राइमले यस वर्ष रू. ५० करोड ३६ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।

कम्पनीको जगेडा कोष रकम भने रू. १ अर्ब ५ करोड ४१ लाख कायम भएको छ । बीमालेख धितोमा उक्त कम्पनीले यस वर्ष रू. १ अर्ब १७ करोड ५१ लाखभन्दा बढी यो कर्जा प्रवाह गरेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव शून्य ६ रहेको छ ।
Blogger द्वारा संचालित.