हटायो बोर्डलेआइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि दिएको आवेदन , यस्तो छ कारण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि दिएको आवेदन नेपाल धितोपत्र बोर्डको वेबसाइटबाट हटाईएको छ ।

उक्त कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्न असार २२ गते बोर्डमा निवेदन दिएको थियो । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले निवेदन दिदाँ पेश गर्नुपर्ने कागजात मापदण्ड अनुसार पेश नगरेकाले वेबसाइटवाट हटाईएको बोर्डले बताएको छ ।

कम्पनीलाई आवश्यक कागजपत्र पुरा गर्न निर्देशन दिईसकेकाले कागजात पुरा भएपश्चात मात्र आईपीको प्रक्रिया अघि बढाईने बोर्डको भनाइ छ । हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीले रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो ।

आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । उक्त कम्पनीले बीमा समितिबाट विसं २०७४ साल असार २० गते लाईसेन्स प्राप्त गरि २०७४ साल भदौ १ गतेदेखि कारोबार शुरु गरेको हो ।
Blogger द्वारा संचालित.