दोस्रो बजारमा ४ सय भन्दा धेरै मूल्य भएको इन्स्योरेन्सको सेयर सस्तोमा किन्ने आज अन्तिम दिन , किन्ने हैन त


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर साउन १२ गतेदेखि लिलामाीमा विक्री गर्ने भएको छ ।

कम्पनीले हकप्रद शेयर विसं २०७६ फागुन १८ गतेदेखि २०७७ असार १९ गतेसम्ममा विक्री खुल्ला गरेकामा सर्वसाधारण समूहको ५४ हजार ६३१ कित्ता शेयरमा आवेदन नपरेकाले लिलाम बढाबढद्वारा विक्री गर्न लागेको हो ।

शेयरको न्यूनतम मूल्य रू.१०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दाभिन्दै शिलबन्दी खामभित्र आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

शिलबन्द बोलपत्र पेश गर्ने अन्तिम दिन साउन १९ गतेसम्म रहेको छ । न्यूनतम १०० कित्ता र अधिकतमको लागि १० अंकले भाग जाने संख्या वा बीमा समितिले तोेकेको प्रतिव्यक्ति सिमाको अधिनमा रहने गरी अधिकतम ५४ हजार ६३१ कित्तासम्मको लागि आवेदन गर्न मिल्नेछ ।

धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ। 
Blogger द्वारा संचालित.