लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट, २५ हजारले पायो ४० कित्तासम्म सेयर

 


लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको आईपीओ  बाँडफाँट भएको छ । आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ आवेदकले योग्य आवेदकले १० कित्तादेखि ४० कित्ता सम्म शेयर हात पारेका छन्।

एनआइबिएल एस क्यापिटलको कार्यलयमा गरिएको बाँडफाँडमा ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएका छन्।


कम्पनीले यस अघि पहिलो चरणमा आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानियलाई आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गरेको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले साउन ७ गतेदेखि साउन २१ गतेसम्म १५ लाख कित्ता आईपीओ विक्री खुला गरि साउन २४ गते बाँडफाँट गरेको हो ।

स्थानियलाई जारी गरिएकोमध्ये विक्री हुन नसकेको १३ लाख १५ हजार ९३० कित्ता समेत जोडेर सर्वसाधारणमा विक्री गरेको हो । कम्पनीले आईपीओलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०० रहेको छ । सर्वसाधारणका लागि पनि शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५० करोड पुग्नेछ । चुक्तापूँजीमा संस्थापक तर्फ ७५ प्रतिशत , सर्वसाधारण शेयरधनीतर्फ २५ प्रतिशत शेयर स्वामित्व रहनेछ । कम्पनीले पहिलो आयोजना लमजुङ जिल्लामा निर्माण गरिरहेको छ ।

उक्त आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत रू. १८ करोड ५४ लाख ४३ हजार ८३७ रहेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रहेको छ । पर्यो कि परेन हेर्न  यहाँ क्लिक गर्नुस 

Blogger द्वारा संचालित.