समाज लघुवित्त आईपीओ तपाइलाई पर्यो कि परेन हेर्नुभयो, यहाँबाट हेर्नुस सेयर पर्योकी परेन

 


समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बाँडफाँट भएको छ । मागभन्दा अधिक गुणा बढी आवेदन परेको उक्त कम्पनीको आईपीओ ८ हजार ७० जनाले मात्र १० कित्ताका दरले पाएका छन् । 

यस आईपीओ खरीदका लागि ५ लाख ४७ हजार ९२८ जनाको आवेदन परेको विक्री प्रबन्धकको भनाइ छ । कुल आवेदकमध्ये ५५८ जनाको आवेदन रद्ध भएको छ । 
५ लाख ४७ हजार ३७० जना योग्य आवेदकहरुलाई गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनी आईपीओ खरीदका लागि आवेदन दिने ५ लाख ३९ हजार ३०० जनाको हात खाली भएको छ । शुक्रवारनै प्रि– अलोटमेण्ट गरि शनिवार बाँडफाँट गर्ने तयारी रहेको भएपनि डाटा फेरिफाई नहुँदा बाँडफाँट सोमवारका लागि धकेलिएको थियो । कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो ।

कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरको कुल ८६ हजार कित्ता शेयरमध्ये १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन  गरेको हो ।

उक्त कम्पनीको जारी पूँजी रू. २ करोड रहेको छ । हाल रू. १ करोड १४ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात रू. २ करोड पुगेको छ ।  तपाइलाई आईपीओ पर्यो कि परेन हेर्न यहाँ क्लिक गर्नुस 

यो पनि 

लिवर्टी ईनर्जी आईपीओ पर्यो कि परेन यहाँबाट हेर्नुस
 

Blogger द्वारा संचालित.