यो लघुवित्तको साधारण सेयर (आईपीओ) तपाइको खातामा आयो कि आएन हेर्नुस है !

साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । उक्त कम्पनीको आईपीओलाई ‘एसडिएलबिएसएल’ संकेत दिइएको छ । 

कम्पनीले असार २१ गतेदेखि २४ गतेसम्म ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको थियो । उक्त आईपीओ ६६ हजार १५२ जनाले १० कित्ता पाएका थिए । हाल आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।

आईपीओ निष्कासन बाँडफाटपछि कम्पनीको चुक्तापूँजी रू. २१ करोड ७७ लाख पुगेको छ । संस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणको ३२ दशमलव ५० प्रतिशत पुगेको छ । 
Blogger द्वारा संचालित.