अर्को इन्स्योरेन्स कम्पनीले पनि निस्कासन गर्ने भयो साधारण सेयर (आईपीओ) हेर्नुस कस्तो छ कम्पनि

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्न गत असार २२ गते बोर्डमा निवेदन दिएको हो । आईपीओको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

उक्त कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीले रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ९ करोड ८१ लाख नाफा कमाएको छ । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. २८ करोड २२ लाख ४१ हजार छ भने जीवन बीमा कोषमा रू. १ अर्ब १८ करोड ४८ लाख रहेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा उक्त कम्पनीले बीमा समितिबाट विसं २०७४ साल असार २० गते इजाजत प्राप्त गरि २०७४ साल भदौ १ गतेदेखि कारोबार शुरु गरेको हो ।
Blogger द्वारा संचालित.