२५२ बिद्युत महशुल नबुझाउने ग्राहक कारबाहीमा

समयमा विद्युत् महसुल नबुझाउने २५२ ग्राहकलाई कारबाही गरी नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले ६३ लाख ६५ हजार रूपैयाँराजस्व सङ्कलन गरेको छ ।

गत भदौदेखि मङ्सिर १० गतेसम्ममा उक्त राजस्व सङ्कलन गरेको प्राधिकरणका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । तीन सय ५४ ग्राहकलाई कारबाहीको सूचीमा राखेको र उनीहरुबाट एक करोड १५ लाख ६० हजार रूपैयाँ बक्यौता उठाउने लक्ष्य राखिएको छ ।

‘पच्चिस हजारभन्दा बढी कसैको पनि बक्यौता छैन’, सिंहले भने । दुई महिनासम्म बक्यौता नतिर्ने ग्राहकको जुनसुकै बेला लाइन काटिन सक्ने उनले चेतावनी दिए ।

यस्तै प्राधिकरणले विजुली चोर्नेबाट पाँच लाख रूपैयाँ बराबरको सामान जफत गरेको छ । प्राधिकरणको टोलीले आज शरणामती, कनकाई नगरपालिका र मदरगाछबाट उक्त सामान बरामद गरेको बताइएको छ ।
Blogger द्वारा संचालित.