कारीब ४१ लाख कित्ता एफपिओ (Fpo) ल्याउदै , तपाई पनि आवेदन दिने हैन त !

बुटवल पावर कम्पनीले  फरदर पब्लिक अफरिङ  (FPO ) जारी गर्ने भएको छ ।  कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर जारी गर्न लागेको हो ।

 जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको छ । एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण गर्दे गरेका आयोजनामा लगानी गरिने पनि कम्पनीले जनाएको छ ।

 यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आधिखोला जलविद्युत केन्द र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई यो सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । जसको प्रिमियम मूल्य निर्धारण गर्न बाँकी छ ।

कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना,३७।६ मेगावाटको काबेली ए जलविद्युत आयोजनको निमार्ण अनुमति पाएको छ । १०० मेगावाटको मनाङ मर्स्याङ्दी उत्पादन अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । जून अघिल्लो बर्षको यसै अवधिको तुलनामा झण्डै ६० प्रतिशत कम हो ।

१ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा २ अर्ब १३ करोड ४६ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बुटवल पावरको प्रति सेयर आम्दानी १ दशमलव २८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात ६ सय २७ दशमलव ८९ गुणा र प्रति सेयर नेटवर्थ २ सय २६ दशमलव १५ रुपैयाँ रहेको छ ।
Blogger द्वारा संचालित.