अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँट, तपाइलाई पर्यो कि परेन हेर्नु भयो

अजोड इन्स्योरेन्सले शुक्रवार आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार २५ देखि २९ गतेसम्म सर्वसाधारणलाई विक्री गरेको ३० लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । गोलप्रथाका आधारमा गरिएको बाँडफाँटमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

यो आईपीओ बाँडफाँटमा ४ लाख ८५ हजार ४९८ जना योग्य आवेदकहरुलाई सहभागी गराईएको थियो ।

कुल ४ लाख ८५ हजार ३७१ जनाको आवेदन परेकोमा ८७३ आवेदन रितपूर्वक नगरेकाले रद्द गरिएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ । उक्त कम्पनीको आईपीओका लागि आवेदन दिने २ लाख ११ हजार ४९८ आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार सामूहिक लगानीकोषका लागि सुरक्षित गरि बाँकी रहेको २७ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणलाई विक्री गरेको थियो ।


सोहि आईपीओ कम्पनीले शुक्रवार बाँडफाँट गरेको हो । हाल रू. ७० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब पुगेको छ । २०७५ असार २१ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको हो ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्र्थ रू. ११२ दशमलव ४६ छ ।

दोस्रो बजारमा पहिलो कारोबारको लागि मूल्य निर्धारण हुदाँ नेप्सेले नेटवर्थको तीन गुणासम्म निर्धारण गर्ने व्यवस्था गरेको छ । कम्पनीको नेटवर्थको आधारमा ३०० भन्दा माथिकै मूल्यरेञ्ज पाउने देखिन्छ ।
Blogger द्वारा संचालित.