साधना लघुवित्तको सेयर तपाइलाई पर्यो कि परेन हेर्नु भयो तपाइले, छैन भने यहाँबाट हेर्नुस

साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार सांझ बाँडफाँट भएको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओ ६६ हजार १५२ जनाले १० कित्ताका दरले हात पारेका छन् भने ३ लाख ८१ हजार ६९७ जनाको भने हात खाली भएको छ । क्यापिटलको कार्यालय जमल, काठमाडौंमा बाँडफाँट भएको हो ।

उक्त कम्पनीको आईपीओमा आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ। कुल ४ लाख ४८ हजार ६४० ओटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता शेयर खरीदको लागि आवेदन परेको मा ७९१ ओटा आवेदकको आवेदन भने रद्ध भएको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल ७ लाख ७ हजार ८०० कित्ता आईपीओ बिक्री गरेको हो । कुल कित्तामध्ये १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरिएको हो ।

कम्पनीले असार २१ देखि २४ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो । विक्री बन्द भएको पाँच दिनभित्र कम्पनीले आईपीओ बाँडफाँट गरेको हो ।
हाल रू.१४ करोड ७७ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात यो पूँजी रू. २१ करोड ७७ लाख पुगेको छ ।

यहाँबाट हेर्नुस आईपीओ नतिजा यहाँ क्लिक गर्नुस 
Blogger द्वारा संचालित.