छुट्नु भयो कि साधारण सेयर (आईपीओ) भर्नु आज अन्तिम दिन हो है , हेर्नुस कति पर्यो आबेदन

अजोड इन्स्योरेन्सले बिहीवारदेखि सर्वसाधारणका लागि  विक्रीमा ल्याएको  साधारण सेयर (आईपीओ) आज (असार २९ गते ) बिक्री बन्द गर्ने भएको छ । कम्पनीले  ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो ।


इन्स्योरेन्सले बिक्रीमा ल्याएको आईपीओमा आइतबार सम्ममा ४ लाख ८ हजार आवेदकबाट १ करोड ४७ लाख ५८ हजार ६० कित्ता अर्थात १ अर्ब ४७ करोड ५८ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आईपीओको ५.४० गुणा बढी हुन आउछ। 


कुल कित्तामध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी २७ लाख ३० हजार सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो ।

उक्त कम्पनीको आईपीओ खरीद गर्न चाहनेले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहने उक्त  कम्पनीको आईपीओ विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

विक्री प्रवन्धकसँगै अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालय सुन्धारा र सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था छ ।

पूर्ण प्रविधिमैत्री बनेको प्राथमिक बजारमा आईपीओ खरीद गर्न मेरोशेयर प्रयोगकर्ताहरुले घरमै बसेर पनि आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

हाल  ७० करोड चुक्तापूँजी रहेको कम्पनीको आईपीओ विक्रीपश्चात  १ अर्ब चुक्तापूँजी पुग्नेछ । नयाँ तीन ओटा निर्जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला अजोडले आईपीओ विक्री गर्न लागेको हो । अन्य दुई कम्पनीले पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।

विसं २०७५ असार २१ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको उक्त कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५१ लाख खुद नाफा गरेको छ ।
यो नाफा गत वर्षको यसै अवधिसमम  २ करोड ६० लाख थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ३५ प्रतिशत बढी भएको हो ।







Blogger द्वारा संचालित.