भाग्यमानी लगानीकर्ताको डिम्याट खातामा आयो १० कित्ता सेयर , तपाइको खातामा आयो ?

अजोड इन्स्योरेन्सको आईपीओमा परेको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ ।

उक्त कम्पनीको आईपीओलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ‘एआईएल’ सकेत प्रदान गरेको छ । नेप्सेले कम्पनीको शेयर मूल्यका लागि प्रि –ओपनिङ रेञ्ज भने तोक्न बाँकी रहेको छ । अव कम्पनीको शेयर कारोबार सोही संकेतबाट हुनेछ  ।

उक्त कम्पनीको आईपीओ २ लाख ७३ हजार जना आवेदकले  गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका  थिए ।

कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्ता आईपीओमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणलाई विक्री गरिएको थियो ।

सबै प्रक्रिया पूरा गरी यो हप्ता दोश्रो बजारमा कारोबार हुने सम्भावना रहेको छ ।

Blogger द्वारा संचालित.