यो इन्स्योरेन्स कम्पनीले दिएको बोनस तपाइको खातामा आयो ? हेर्नुस है आयो कि आएन

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले असार ३० गतेदेखि शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । 

कम्पनीले असार २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो ।

शेयर दाखिला खारेजी बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बैंक खातामा जम्मा हुने छ भने हालसम्म पनि आभौतिकीकरण नगराएका शेयरधनीको हकमा शेयर अभौतिकीकरण गराई बैंक खाताको विवरण अद्यावधिक गराएपछि नगद लाभांश जम्मा हुने पनि कम्पनीले भनेको छ ।

शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
Blogger द्वारा संचालित.