अर्को कम्पनीले निस्कासन गर्ने भयो करिब ४० लाख कित्ता आईपीओ, पैसा तयार गर्नुस है

माउण्टेन इनर्जी नेपालले आईपीओ विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि कुल रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ विक्री गर्न अनुमित पाएको हो ।

कुल कित्तामध्ये आयोजना प्रभावित स्थानिका लागि १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणका लागि १९ लाख ६८ हजार  २७ कित्ता छुट्याइएको छ ।

असार २५ गते आईपीओ विक्री गर्न उक्त कम्पनीले बोर्डबाट स्वीकृति पाएको हो । यो आईपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
Blogger द्वारा संचालित.