सातको सुरूवातमै नेप्से २९ अंकले ओर्लियो


नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसुचक २९ अंकले ओर्लँदै १ हजार ५ सय ७०.९५ अंकमा आइपुगेको छ ।

त्यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६.६४ अंकले घट्दै ३ सय ३९.८० अंक कायम भएको छ । होटल र उत्पादन बाहेक सबै परिसूचक घटेका छन्। बिमा समुह २ सय ७४ अंकले ओर्लिएको छ ।


आइतबार १ सय ३७ कम्पनीका १० लाख ८० हजार ७ सय ७६ कित्ता सेयर ५ हजार ८० पटक किनबेच हुँदा ७५ करोड ५३ लाख ६८ हजार ७ सय ६१ रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा एभरेष्ट बैंक , सिद्धार्थ बैंक र मेगा बैंक अग्रस्थानमा रहेका छन् ।

हाम्रो बिकास बैंक, अरुण फाइनान्स, जेबील फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स , कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र रिलायबल माइक्रोफाइनान्स बित्तीय सस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
Blogger द्वारा संचालित.