लौ आयो नया सेयर (IPO) मंसिर २६ देखि बिक्रि खुल्ला छुट्नु होला है

नेपाल हाइड्रोपावर डेभलपर लिमिटेडले यहि मंसिर २६ गतेदेखिआयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन गर्न लागेको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका बासिन्दालाई एक सय रूपैयाँ अंकित मूल्यको दुई लाख ६० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको  हो ।

उक्त  सेयरमा न्यूनतम ५० कित्ता देखि अधिकत एक हजार कित्तासम्म अर्थात् थोरैमा पांच हजार देखि धेरैमा एक लाख सम्म लागि आवेदन दिन पाइनेछ ।

नेपाल डेभलपरको आइपीओ बिक्री बन्द छिटोमा पुस १० गतेसम्म हुनेछ । यस अवधिभित्र आवश्यकता अनुसार आवेदन नपरेमा माघ २ गतेसम्म समय थप्न सकिने कम्पनीले जनाएको छ ।

आवेदकले अरनिको डेभलपमेन्ट बैंक, शाखा कार्यालय दोलखा, कालिञ्चोक डेभलपमेन्ट बैंकको शाखा कार्यालय चरिकोट र बाघखोरमा गएर आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

नेपाल हाइड्रो डेभलपरमा बिक्री प्रबन्धकको काम एनएमबी  क्यापिटल लिमिटेडले गर्दैछ ।
Blogger द्वारा संचालित.