पैसा तयार गर्नुस ​१४ कम्पनीको १२ करोड भन्दा बढीको साधारण सेयर आउदै छ ।

 बैक ,जलविद्युत र बीमा कम्पनीले १२ करोड बढीको शेयर निष्कासन गर्ने भएका छन् ।  धितोपत्र बोर्डमा परेको आवेदनका अनुसार ९ जलविद्युत कम्पनी, ४ विकास बैंक, एक वाणिज्य बैंक र २ बीमा कम्पनीले सो  संख्याको शेयर निकाल्न लागेका हुन् ।

यसमध्ये १३ कम्पनीको साधारण शेयर (आईपिओ ) आउन लागेको हो भने तीन कम्पनीको फर्दर पब्लिक अफरिङ (एफपिओ)शेयर आउने भएको हो । जलविद्युत कम्पनीमा मात्रै ७३ करोड ३८ लाख ५६ हजार रुपैयाँ बराबरको ७३ लाख ३८ हजार ५६० कित्ता शेयर आउन लागेको हो ।

साधारण शेयर निष्काशनका लागि आवेदन दिएका ९ जलविद्युत कम्पनीमध्ये २ कम्पनी युनाईटेड मोदी हाइड्रो पावर लिमिटेड र सिनर्जि पावर डेभलपमेन्ट लिमिटेडले आम सर्वसाधारणका लागि शेयर जारी गर्न लागेका हुन भने बाँकी सात कम्पनीले स्थानीय जनताका लागि शेयर बिक्री गर्ने भएका हुन् ।

 कम्पनीले यही कात्तिक २ गते बोर्डबाट शेयर निष्काशनको अनुमति पाएको थियो, भने अन्य ८ कम्पनीले बोर्डबाट अनुमति पाएपछि शेयर निष्काशनको बाटो खुल्ने छ । बोर्डले अनुमति दिएको दुई महिनाभित्रमा शेयर निष्काशन गर्नुपर्ने नियम भएकोले स्थानियले कम्पनीको शेयरमा छिट्टै लगानी गर्न पाउँने छन् ।


आईपिओ निष्काशनको लागि पाईपलाईनमा रहेका १३ कम्पनी मध्ये ९ वटा जलविद्युत कम्पनी छन् । पाईपलाइनमा बाँकी ४ लघुवित्त कम्पनीमा समता माईक्रोफाइनान्स, स्वदेशी लघुवित्त, माहुली सामुदायिक लघुवित्त र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रहेको छन् । यी चार कम्पनीको ११ करोड १४ लाख ८० हजार रुपैयाँ बराबरको ११ लाख १४ हजार ८ सय कित्ता साधारण शेयर आउन लागेको हो ।
Blogger द्वारा संचालित.