यसरी महिलाका निर्वस्त्र जिउ दुई टुक्रा पारियो



महिलाहरुले आफ्नो नांगो वक्षस्थलमा जोडसँगले समातेर आफ्नै जिउलाई छातिबाट च्यातेर दुई टुक्रा पारेका छन् । छातिभन्दा तलको गिँड चुँडिइसक्दा पनि महिलाको अनुहारमा चमक भने उस्तै छ । कतिले त रोचक पाराले आफ्नो चुँडिएको जिउको फेँद हेरिरहेका छन् । त्यसैले दृश्यहरु अलिक बनावटी तथा अतिरन्जित नदेखिएको पनि होइन ।
जे होस् जिउ उखेलेर दुई टुक्रा पार्ने यो कलाकारिता वास्तवमै अनौठो तथा नयाँ ढंगको देखिन्छ ।
दक्षिण अमेरिकी देश चिलीका २९ वर्षे कलाकार जिम्पाएर डिनामार्का पोकको कलाकारिता हो यो ।
उनले महिलाका निर्वस्त्र जिउमा पेन्टिङ गरेर यस्तो भ्रमात्मक दृश्य तयार गरिदिएका छन् की मानौँ महिलाहरुले आफ्ना स्तन निमोठ्दै जिउलाई उखेलिरहेका छन् र दुई टुक्रा बनाएका छन् ।
चित्रहरुमध्ये एउटामा महिलाले आफ्नो जिउलाई वक्षस्थलबाट च्यातेर माथि निकालेकी छिन् र तल कम्मर मुनिको गिँड बाँकी छ । अर्को तस्वीरमा भने महिलाले आफ्नो छाति तथा पेट च्यातेर भित्रका अंगहरु देखाइरहेकी छिन् ।
त्यस्तै एक महिलाको पिठ्युँबाट निलो मोनस्टर निस्किरहेको छ । अझ डरलाग्दो त एउटा तस्वीर छ । जहाँ एक महिलाको शरीरबाट अर्को डरलाग्दो महिलाको शरीर निस्किरहेको छ ।



Blogger द्वारा संचालित.